काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको विजेताले १० लाख प्राप्त गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले मंगलबार प्रतियोगिताको विजेतालाई १० लाख दिने निर्णय गरेको हो ।
यस्तै उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टिमले ५० हजार पाउने छन् ।
प्लेयर अफ दि सिरिजले ५० हजार प्राप्त गर्ने छन् ।
उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २५-२५ हजार पाउने छन् ।
सेमिफाइनलपछिको प्लेयर अफ दि म्याचले ५ हजार पाउने छन् ।
प्रतियोगिताको सेमिफाइनल बागमती प्रदेश, एपीएफ क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब पुगेका छन् ।
बुधबार हुने पहिलो सेमिफाइनलमा एपीएफ र पुलिस भिड्ने छन् ।
बिहीबार हुने दोस्रो सेमिफाइनलमा आर्मी र बागमती भिड्ने छन् ।