एजेन्सी । घरेलु टिम श्रीलंकाविरुद्धको दुई खेलको टेस्ट सिरिज इंग्ल्यान्डले जितेको छ ।
गालेमा दोस्रो तथा अन्तिम टेस्टमा सोमबार श्रीलंकालाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिज २-० ले जितेको हो ।
श्रीलंकाले दिएको १ सय ६४ रनको लक्ष्य इंग्ल्यान्डले ४ विकेट गुमाएर पुरा गर्यो ।
इंग्ल्यान्डका लागि दोस्रो इनिङ्समा डम सिब्लीले अविजित रहदै ५६ रन बनाए । जस बटलरले अविजित ४६ रन बनाए ।
श्रीलंकाका लसिथ इमबुल्डेनियाले ३ विकेट लिए ।
यस अघि श्रीलंका दोस्रो इनिङ्समा १ सय २६ रन जोड्दा अलआउट भएको थियो ।
उसका लसिथ इमबुल्डेनियाले सर्वाधिक ४० रन जोडे ।
इंग्ल्यान्डका डम बेस र ज्याक लिचले ४/४ विकेट लिए ।
यस अघि एन्जेलो म्याथ्युजको शतकको मद्दतमा श्रीलंकाले सबै विकेट गुमाएर ३ सय ८१ रन जोडेको थियो ।
म्याथ्युजले १ सय १० रनको योगदान दिए ।
यस्तै निरोशन डिकवेलाले ९२ रन जोड्दा दिलरुवान परेराले ६७ रन जोडे ।
यस्तै दिनेश चन्डिमलले ५२ रन बनाए । लहिरु थिरेमने ४३ रनमा आउट भए ।
इंग्ल्यान्डका जेम्स एन्डरले ६ विकेट लिए । मार्क उडको नाममा ३ विकेट रह्यो ।
पहिलो इनिङ्समा इंग्ल्यान्ड ३ सय ४४ रन जोड्दा अलआउट भएको थियो ।
इंग्ल्यान्डका जोए रुटले १ सय ८६ रनको शतकीय इनिङ्स खेले । जस बटलरले ५५ रनको योगदान दिए ।
यस्तै जोनी बियरस्टो २८ रनमा आउट हुँदा डम बेसले ३२ रन बनाए ।
श्रीलंकाका लसिथ इमबुल्डेनियाले ७ लिए ।