काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई जितका लागि २ सय ४१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ४ बलमा अलआउट हुँदै २ सय ४० रन बनायो ।
एपीएफका लागि सुमित महर्जनले सर्वाधिक ४६ रन बनाए । यस्तै सुवास खकुरेलले ३८ रन जोड्दा सन्दीप जोराले २८ रन बनाए ।
कप्तान शरद भेषवाकर २४ रनमा आउट हुँदा बसन्त रेग्मीले २० रन बनाए ।
अमर सिंह रौटेलाले २६ रन जोडे ।
आर्मीका हरि चौहानले ५ विकेट लिए । साहब आलमले २ तथा आकाश चन्द, सुशन भारी र बिक्रम सोबले १/१ विकेट लिए ।
आज आर्मी र एपीएफ जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
समूह 'ए' मा रहेका दुबै टिम सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
तर, यस खेलले समूह विजेता र उपविजेता तय हुनेछ ।
त्यसैले दुबै टिम जित निकाल्दै समूह विजेता बन्दै अन्तिम चारमा पुग्न चाहन्छ ।
यस समूहमा एपीएफ ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
आर्मी ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यस समूहबाट कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश-१ बाहिरिसकेको छ ।