काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज (सोमबार) दुई खेलहरु हुँदैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा गर्नेछ । दुई टिमबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
आर्मी र एपीएफ दुबै समूह चरणको अन्तिम खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
समूह 'ए' मा रहेका दुबै टिम सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
तर, यस खेलले समूह विजेता र उपविजेता तय हुनेछ ।
त्यसैले दुबै टिम जित निकाल्दै समूह विजेता बन्दै अन्तिम चारमा पुग्न चाहन्छ ।
यस समूहमा एपीएफ ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
आर्मी ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यस समूहबाट कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश-१ बाहिरिसकेको छ ।
मुलपानी क्रिकेट मैदानमा हुने अर्को खेलमा नेपाल पुलिस क्लबले प्रदेश-२ सँग प्रतिस्पर्धा गर्नेछ ।
यस खेल नेपाल पुलिसका लागि निकै महत्वपूर्ण रहेको छ ।
पुलिस प्रदेश-२ लाई हराएर सेमिफाइनल पुग्न चाहन्छ ।
यस समूहबाट एपीएफ समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेको छ ।
अब पुलिस र लुम्बिनी प्रदेश मध्ये एक टिम सेमिफाइनलमा पुग्नेछ ।
सेमिफाइनलमा पुग्न पुलिसलाई प्रदेश-२ मा थि जित निकाल्नु पर्नेछ ।
यदि पुलिस पराजित भएमा लुम्बिनी सेमिफाइनलमा प्रवेश गर्नेछ ।
प्रदेश-२ प्रतियोगिताबाट बाहिरिसकेको छ ।
पुलिस ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
लुम्बिनी ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
अंक विहीन रहेको प्रदेश-२ पुछारमा रहेको छ ।