काठमाडौं । बागमती प्रदेश प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा आइतबार लुम्बिनी प्रदेशसँग रोमान्चक बराबरी खेलेको बागमती सेमिफाइनलमा पुगेको हो ।
बागमतीले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनी ४८ ओभरमा अलआउट हुँदै २ सय २० रनमा समेटिएपछि खेल बराबरीमा टुंगिएको थियो ।
रोमान्चक बनेको खेलमा लुम्बिनीलाई जितका लागि १ रन आवश्यक थियो । लुम्बिनीले ९ विकेट गुमाईसकको थियो ।
यस्तोमा दिपेन्द्र रावत रन आउट भएपछि खेल 'टाइ' भएको थियो ।
त्यसअघि लुम्बिनीको लागि कप्तान कृष्ण कार्की र प्रकाश केसीले सर्वाधिक ४१ रन बनाए । कृष्ण कार्कीले ४१ रन बनाए ।
यस्तै सौरभ खनालले ३४ रन जोड्दा देव खनालले २६ रन बनाए ।
सन्दीप सुनार २५ रनमा आउट हुँदा सन्दीप रजाली पनि ११ रनमा आउट भए ।
बागमतीका विपिन आचार्यले ४ तथा गौतम केसीले २ विकेट लिए ।
रामनरेश गिरि, इशान पाण्डे र तिलक भण्डारीले १/१ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनाएको थियो ।
बागमतीका लागि आदील खान र इशान पाण्डेले अर्धशतकीय इनिङ्स खेले ।
आदीलले ५५ रनको इनिङ्स खेल्दा इशानले ५१ रनको योगदान दिए ।
यस्तै आकाश थापाले ३९ रन जोड्दा पृथु बास्कोटाले २९ रन बनाए ।
कप्तान ज्ञानेन्द्र मल्ल १४ रनमा आउट हुँदा नन्दन यादव ११ रनमा अविजित रहे ।
लुम्बिनीका दिपेन्द्र रावतले ३ विकेट लिए । कृष्ण कार्की र सन्दीप सुनारले २/२ विकेट लिए ।
लुम्बिनीसँगको खेल बराबरी भएसंगै समूह 'बी' एपीएफले ४ खेलमा ७ अंक जोड्यो ।
एपीएफ समूह विजेताको रुपमा सेमिफाइनलमा समेत पुग्न सफल भयो ।
लुम्बिनीले भने ४ खेलमा ५ अंक जोडेको छ । लुम्बिनीको सेमिफाइनल यात्रा भने अन्य टिममा निर्भर रहेको छ ।
अब समूह चरणको अन्तिम खेलमा पुलिस र प्रदेश-२ खेल्न छन् ।
पुलिस र प्रदेश-२ बीचको खेलले सेमिफाइनल पुग्ने अर्को टोलीको तय हुनेछ ।
पुलिसले जितेका समूह उपविजेता पुलिस सेमिफाइनलमा पुग्नेछ ।
यदि पुलिस पराजित भएका लुम्बिनी सेमिफाइनलमा पुग्नेछ ।
पुलिस ४ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ ।
प्रतियोगिताबर बाहिरीसकेको प्रदेश-२ अंक विहीन रहेर पुछारमा रहेको छ ।