काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितका लागि ३ सय रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९९ रन बनायो ।
बागमतीका लागि पृथु बास्कोटाले ८४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै आदील खानले ६३ रनको योगदान दिए ।
कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले समान ३२ रन जोडे । पारस खड्का २० र आकाश थापाले १३ रन बनाए ।
इशान पाण्डेले १७ रन जोड्दा रामनरेश गिरि १० रनमा अविजित रहे ।
सुदूरपश्चिमका नारायण जोशीले ३ विकेट लिए । भोजराज भट्ट र सन्तोष भट्टले २/२ विकेट लिए ।
आज बागमती प्रदेश लगातार दोस्रो जितको खोजीमा रहेको छ ।
बागमतीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई हराएको थियो ।
आइतबार भएको खेमा बागमतीले पुलिसमाथि ७ विकेटको जित निकालेको थियो ।
समूह 'बी' मा रहेको बागमतीले २ अंक जोडेको छ । बागमती तालिकाको शीर्ष स्थानमा रहेको छ ।
सुदूरपश्चिमको भने यो पहिलो खेलमा हो । पहिलो खेलमा सुदूरपश्चिम बागमतीलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।