एजेन्सी । घरेलु टिम श्रीलंकाविरुद्धको पहिलो टेस्ट इंग्ल्यान्डले जितेको छ ।
गालेमा सोमबार इंग्ल्यान्डले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ।
श्रीलंकाले दिएको ७४ रनको लक्ष्य इंग्ल्यान्डले पाँचौं दिन दोस्रो इनिङ्समा ३ विकेट गुमाएर भेट्टायो ।
इंग्ल्यान्डका जोनी बेयर्स्टोले अविजित ३५ रन जोडे । डान लरेन्सले अविजित २१ रन बनाए ।
श्रीलंकाका लासिथले २ विकेट लिए ।
यस अघि दोस्रो इनिङ्समा श्रीलंकाले ३ सय ५९ रन बनाएको थियो ।
श्रीलंकाका लागि लहिरु थिरिमानेले १ सय ११ रनको शतकीय इनिङ्स खेले । एन्जेलो म्याथ्युजले ७१ रन जोड्दा कुशल परेराले ६२ रन बनाए ।
इंग्ल्यान्डका ज्याक लिचले ५ विकेट लिए । डम बेसले ३ र साम करणले २ विकेट लिए ।
पहिलो इनिङ्समा इंग्ल्यान्डले ४ सय २१ रन बनाएको छ ।
इंग्ल्यान्डका लागि कप्तान जोए रुट २ सय २८ रनको दोहोरो शतकीय इनिङ्स खेले । यस्तै डान लरेन्सले ७३ रन बनाए । जोनी बेयर्सटो ४७ रनमा आउट भए ।
श्रीलंकाका लासिथले ३ विकेट लिए ।
यस्तै श्रीलंका पहिलो इनिङ्समा १ सय ३५ रन जोड्दा अलआउट भएको थियो ।
श्रीलंकाका कप्तान दिनेश चण्डीमालले सर्वाधिक २८ रन जोड्दा एन्जेलो म्याथ्युजले २७ रन बनाए ।
यस्तै डसुन सनकाले २३, कुशल परेराले २० र हसरंगा डी सिल्भाले १९ रन बनाए ।
घरेलु टिमसँगको दुई खेलको टेस्ट सिरिजका लागि इंग्ल्यान्ड श्रीलंकामा रहेको छ ।
जितसंगै इंग्ल्यान्डले सिरिजमा १-० को अग्रता बनाएको छ ।
दोस्रो टेस्ट शुक्रबार सुरु हुनेछ ।