काठमाडौं । रुसमा जारी फिफा विश्वकप फुटबलमा अहिले पेरु र डेनमार्क प्रतिस्पर्धा गरिरहेका छन् । समूह 'सी' मा रहेको पेरु र डेनमार्कले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।
मोर्डोभिया एरिनामा जारी खेलमा पेरुले पेनाल्टीमा गोल गर्ने मौका गुमाउदा पहिलो हाफमा अग्रता बनाउने मौका गुमाएको छ । खेलको ४५ औं मिनेटमा पाएको पेनाल्टीमा पेरुका क्रिस्टियन क्युएभाले गोल गर्न सकेनन् । भिडियो असिस्टेन्ट रेफ्रीको सहायतामा पाएको पेनाल्टीलाई क्युएभाले सदुपयोग गर्न नसकेका हुन् । उनको प्रहार पोस्टभन्दा माथिबाट गएको थियो ।
यो समूहमा फ्रान्सले विजयी सुरुवात गरिसकेको छ । फ्रान्सले अष्ट्रेलियालाई २ - ० गोल अन्तरले हराएको हो ।
विश्वकप अन्तर्गत नै आज राती समूह 'डी' को एक खेल हुँदैछ । राति १२ : ४५ मा हुने खेलमा क्रोएसिया र नाइजेरिया प्रतिस्पर्धा गर्नेछन् । यसअघि यो समूहको पहिलो खेलमा अर्जेन्टिना र आइसल्याण्डले १ - १ गोलको बराबरी खेलेको थियो ।