विधान संशोधनबारे 'ए' डिभिजन क्लबसँग छलफल
सोमबार, २० पौष २०७७खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विधान संशोधनका लागि 'ए' डिभिजन क्लबसँग छलफल गरेको छ ।
एन्फाले सोमबार एन्फा कम्प्लेक्समा 'ए' डिभिजन क्लबसँग छलफल गरेको हो ।
एन्फा प्रवक्ता तथा विधान संशोधन मस्यौदा समितिका संयोजक किरण राईको अध्यक्षतामा छलफल भएको एन्फाले जनाएको छ ।
छलफलमा एन्फाका महासचिव इन्द्रमान तुलाधर र कार्यकारी समितिका सदस्य मधु सुधन उपाध्याय समेत सहभागी थिए ।
यस्तै छलफलमा महिला रेफ्री संघ, खेलाडी संघ र प्रशिक्षक संघका पदाधिकारी समेत रहेका थिए ।
एन्फाले विधान संशोधनका लागि प्रदेश-१, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम, गण्डकी र प्रदेश-२ सँग छलफल गरिसकेको छ ।






-1775446739231.webp&w=3840&q=75)
-1775383382132.jpeg&w=3840&q=75)



-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)
