एट्लेटिको शीर्ष स्थानमा

एजेन्सी । एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा डिपोर्टिभो अल्भेसलाई २-१ गोल अन्तरले पराजित गर्दै एट्लेटिको शीर्ष स्थानमा उक्लिएको हो ।
१० खेलाडीमा सिमित अल्भेसविरुद्ध एट्लेटिकोका मार्कोस लोरेन्ट र लुइस सुआरेजले एक एक गोल गरे ।
अल्भेसको मैदानमा ४१ औं मिनेटमा लोरेन्टले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।
खेलको ६३ औं मिनेटमा भिक्टरले रातो कार्ड पाउँदा अल्भेस १० खेलाडीमा समेटियो ।
८४ औं मिनेटमा एट्लेटिकोका फिलिपले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको बराबरीमा पुग्यो ।
तर, खेलको ९० औं मिनेटमा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको एट्लेटिकोले १५ खेलमा ३८ अंक जोडेको छ ।
अल्भेस १८ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
ला लिगा कै अर्को खेलमा इबरले ग्रानडालाई २-० ले हराएको छ ।
रियल सोसिडाडले ओसासुनासँग १-१ गोलको बराबरी खेलेको छ ।






-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)

-1764236044054.jpeg&w=3840&q=75)


%20(1)-1764163746521.jpeg&w=3840&q=75)
-1764163211372.jpg&w=3840&q=75)