बायर्नको पुनरागमन जित

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले पुनरागमन जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बायर्नले मैन्जविरुद्ध पुनरागमन गर्दै ५-२ गोल अन्तरको जित निकालेको हो ।
घरेलु मैदानमा २ गोलले पछि परेको स्थिति उल्टाएर बायर्नले उत्कृष्ट जित निकालेको हो ।
खेलको ३२ औं मिनेटमा जोनाथनले गोल गर्दै मैन्जलाई अग्रता दिलाएका थिए ।
खेलको ४४ औं मिनेटमा एलेक्जेन्डर हाकले गोल गर्दा मैन २-० ले अघि रह्यो ।
तर, दोस्रो हाफमा बायर्नले लगातार गोल गर्यो ।
खेलको ५० औं मिनेटमा जोसुवा किमिचले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।
५६ औं मिनेटमा लोरी सानेले गोल गर्दा खेल २-२ को बराबरीमा पुग्यो ।
खेलको ७० औं मिनेटमा निकल्स सुलेले गोल गर्दै बायर्नलाई ३-२ को अग्रता दिलाए ।
७६ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बायर्नलाई ४-२ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्नले ५-२ को सानदार जित निकाल्यो ।
जितसँगै बायर्न लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
बायर्नले १४ खेलमा ३३ अंक जोडेको छ ।
मैन्ज ६ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।






-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)

-1764236044054.jpeg&w=3840&q=75)


%20(1)-1764163746521.jpeg&w=3840&q=75)
-1764163211372.jpg&w=3840&q=75)