लाइपजिग शीर्ष स्थानमा
आइतबार, १९ पौष २०७७खेलपाटी संवाददाता

एजेन्सी । आरबी लाइपजिग जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा भीएफबी स्टटगार्टलाई १-० गोल अन्तरले पराजित गर्दै लाइपजिग शीर्ष स्थानमा उक्लिएको हो ।
स्टटगार्टको मैदानमा भएको खेलमा लाइपजिगका लागि डानिल ओल्मोले निर्णायक गोल गरे ।
डानिलले खेलको ६७ औं मिनेटमा गरेको गोल लाइपजिगको जितमा निर्णायक बनेको हो ।
त्यसअघि लाइपजिगका इमिल फोर्सबर्गले पेनाल्टीमा गोल गर्न सकेनन् ।
खेलको २३ औं मिनेटमा इमिलको पेनाल्टी प्रहार घरेलु टोलीका गोलकिपर कोबेलले उत्कृष्ट बचाउ गरेका थिए ।
जितसँगै लाइपजिग बायर्न म्युनिखलाई १ अंकले पछि पार्दै शीर्ष स्थान हात पारेको हो ।
लाइपजिगले १४ खेलमा ३१ अंक जोडेको छ ।
बायर्नको १३ खेलमा ३० अंक रहेको छ ।
१८ अंक जोडेको स्टटगार्ट ११ औं स्थानमा रहेको छ ।






-1764163211372.jpg&w=3840&q=75)


%20(1)-1764163746521.jpeg&w=3840&q=75)
%20(1)-1764162634072.jpeg&w=3840&q=75)
-1764157792407.jpeg&w=3840&q=75)

