युनाईटेडका पूर्व प्रशिक्षक टमीको निधन
शुक्रबार, १७ पौष २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका पूर्व प्रशिक्षक टमी डकर्टीको निधन भएको छ ।
स्कटल्याण्डका पूर्व प्रशिक्षक समेत रहेका टमीको शुक्रबार ९२ वर्षको उमेरमा निधन भएको हो ।
लामो समयबाट अस्वस्थ्य रहेका टमीको घरमै निधन भएको हो ।
टमीले युनाईटेड, चेल्सी, एस्टन भिल्ला, पोर्टोसहित १२ क्लबलाई प्रशिक्षण दिएका थिए ।
उनले क्लब फुटबलमा प्रिट्सनका लागि ३ सय बढी खेल खेलेका थिए ।
यस्तै स्कटल्याण्डका लागि २५ खेल खेलेका थिए ।












-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)