मेस्सीको रेकर्ड सान्तोषद्धारा अस्विकार

एजेन्सी । ब्राजिली क्लब सान्तोषले लियोनल मेस्सीले एकै क्लबबाट बनाएको सर्वाधिक गोलकर्ताको कीर्तिमानको दाबीलाई अस्विकार गरेको छ ।
बार्सिलोनाका फरवार्ड मेस्सीले एउटै क्लबबाट ६ सय ४४ गोल गर्दै पेलेले सान्तोष क्लबबाट राखेको कीर्तिमान भंग गरेका थिए ।
पेलेले सान्तोषबाट गरेको ६ सय ४३ गोललाई धेरैले मान्यता दिदै आएका छन् । मेस्सीले स्पेनिस लिगमा रियल भालाडोलिडविरुद्ध प्राप्त ३–० को जितमा गोल गर्दै पेलेको सो कीर्तिमान भंग गरेका थिए ।
कीर्तिमान भंग गरेपछि तीन पटकका विश्वकप विजेता पेलेले मेस्सीलाई धन्यवाद दिएका थिए । तर सान्तोषले इन्स्टाग्राम पोस्टमा समग्रमा पेलेको गोल मेस्सी भन्दा धेरै रहेको दाबी गरेको छ ।
‘पछिल्लो केही दिनयता समाजिक सञ्चालमा पेलेले सान्तोषबाट गरेको गोलको विषयमा धेरै चर्चा भएको छ ।’ सान्तोषको पोस्टमा भनिएको छ, ‘केही आँकडाका अनुसार अर्जेन्टिनी लियोनल मेस्सी बार्सिलोनाबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले क्याटलान क्लबका लागि ६ सय ४४ गोल बनाएका छन् ।’
‘पेलेले यसअघिनै बार्सिलोनाका १० नम्बरका जर्सीलाई धन्यवाद दिएका छन् । हाम्रो जस्तो कथा, उही क्लबलाई यति लामो समयसम्म प्रेम गरे । दुखको कुरा हो, फुटबलमा यस्तो सायदै बन्छ ।’ सामाजिक सञ्जालमा लेखिएको छ ।
सान्तोषले पेलेले क्लबका लागि १ हजार ९१ गोल गरेको दाबी गरेको छ ।
‘विशेषज्ञ प्रेस खाताका अनुसार पेलेले प्रतिस्पर्धात्मक खेलमा ६ सय ४३ गोल गरेका छन् भने मैत्रीपूर्ण र अन्य प्रतियोगितामा ४ सय ४८ गोललाई अवमुल्यन गरिएको छ ।’ सान्तोषले भनेका छ ।
‘४ सय ४८ गोललाई अमान्य बनाउने कोशिश भएको छ । जो गोल त्यो समयका उत्कृष्ट क्लबविरुद्ध भएको थियो ।’ क्लबले भनेको छ ।