४ घण्टा अघि खेल स्थगित !

एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र म्यान्चेष्टर सिटीबीचको खेल स्थगित भएको छ ।
खेल सुरु हुनु ४ घण्टा अघिमात्र एभर्टन र सिटीबीचको खेल स्थगित बनेको हो ।
सिटीले सोमबार गरिएको परिक्षण अनुसार कोरोनाका नयाँ संक्रमित भेटिएको जनाएको थियो । क्रिसमसको दिन समेत सिटीका खेलाडी र स्टाफलाई कोरोना संक्रमण देखिएको थियो ।
नयाँ संक्रमित देखिएपछि प्रिमियर लिगको बोर्ड बैठकले खेल स्थगित गर्ने निर्णय गरेको हो ।
सोमबार नयाँ संक्रमित भेटिएपछि सिटीले अभ्यास मैदानलाई अनिश्चित समयका लागि बन्द राख्ने भएको छ ।
सिटीले जोखिपुर्ण भाईरस फैलन सक्ने भन्दै टोलीको सुरक्षालाई हेरेर अभ्यास मैदान अनिश्चित समयका लागि बन्द राखिने जनाएको छ ।
क्रिसमसको दिन सिटीका ग्याब्रियल जिसस, केएल वाल्कर र दुई स्टाफलाई कोरोना पोजेटिभ भएको थियो ।
कोरोनाकै कारण यस सिजन प्रिमियर लिगको खेल स्थगित भएको दोस्रो पटक हो । गत डिसेम्बरमा न्युक्यासल र एस्टन भिल्लाको खेल समेत स्थगित बनेको थियो ।
‘अन्तिम चरणको कोरोनाको परिक्षण पश्चात क्रिसमसको प्राप्त चार पोजेटिभ रिपोर्टसंगै थप केही पोजेटिभ घटना देखिएका छन् ।’ सिटीले भनेको छ, ‘प्रिमियर लिगको मेडिकल टिमको सल्लाहा अनुसार दुवै क्लबको समझदारीमा खेल स्थगित गरिएको हो ।’
यता एभर्टनले भनेको छ, ‘हाम्रो खेलाडी खेलको तयारीमा थिए । सबैजना गुडसिन पार्कमा थिए । हाम्रो क्यालेन्डरमा खेलको दिन निकै महत्वपूर्ण हुन्छ । त्यसमा यो अझ ठुलो थियो ।
जबकी एभर्टनले सबै सार्वजनीक सुरक्षालाई पहिलो प्राथमिकतामा राख्छ । हामी सबै जानकारी प्रदान गर्न सिटीसंग अनुरोध गछौं, जो सिटीले प्रिमियर लिगलाई प्रदान गरेको छ । त्यसबाट प्रष्ट हुन्छ, यो निर्णय किन लिईएको हो ।’