बार्न्सले जोगाए लेस्टर

एजेन्सी । खेलको अन्तिम समयमा हार्वे बार्न्सको बराबरी गोलसंगै लेस्टर प्रिमियर लिग फुटबलमा हारबाट जोगिएको छ ।
सोमबार क्रिस्टल प्यालेसको घरेलु मैदानमा हारतर्फ उन्मुख लेस्टरले बराबरी खेल्दै अंक बाँडेको हो ।
खेल सकिन ७ मिनेट अघि जोनी इभान्सको पासलाई सदुपयोग गर्दै बार्न्सले बराबरी गोल फर्काएका थिए ।
खेलमा अग्रता घरेलु टोलीले विल्फर्ड जाहाको गोलमा ५८ औ मिनेटमा लिएको थियो । एन्ड्रोस टाउनसेन्डको पासमा जाहाले क्रिस्टललाई अघि बढाएका थिए ।
खेलको सुरुवातमै लेस्टरले अग्रता लिने अवसर गुमायो ।
लेस्टरका केलची इहान्चोको पेनाल्टी प्रहार असफल बनेको थियो । उनको प्रहारलाई क्रिस्टलका भिसेन्टे गुएटाले उत्कृष्ट ढङ्गले बचाउ गरेका थिए ।
बराबरीसंग अंक जोड्दै लेस्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
समान २९ अंक भएपनि एभर्टनलाई गोल अन्तरका आधारमा पछि पार्दै लेस्टर दोस्रो स्थानमा छ । क्रिस्टल १९ अंक सहित १३ औं स्थानमा छ ।