मेस्सी भन्छन्, ‘अमेरिकामा फुटबल खेल्न चाहन्छु’

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले अमेरिकामा फुटबल खेल्ने चाहना ब्यक्त गरेका छन् ।
उनले एक दिन अमेरिकामा फुटबल खेल्ने ईच्छा रहेको बताएका हुन् ।
तर मेस्सीले जुनमा सम्झौता सकिएसंगै भविष्यको विषयमा आफुलाई थाहा नभएको प्रतिक्रिया दिए ।
३३ वर्षिया फरवार्डले जनवरीपछि बाहिरका क्लबसंग छलफल अघि बढाउनेछन् ।
उनले गत अगष्टमा क्लब छाड्न बताएका थिए ।
‘मलाई अहिलेसम्म थाहा छैन, मैले के गर्नेछु ।’ मेस्सीले स्पेनिस टेलिभिजनलाई भनेका छन् ।
‘म सिजनको अन्त्यसंगै प्रतिक्षा गर्न चाहन्छु । म अमेरिकामा खेल्न चाहन्छु र त्यहाँको लिग र जिवनको अनुभव लिन चाहन्छु । तर केही समयपछि बार्सिलोना फर्कनेछु ।’ उनले भने ।
‘अहिलेको अवस्थामा महत्वपूर्ण कुरा टिममा केन्द्रित हुनु हो । र सिजनको सुखद अन्त्य गर्नु हो । उपाधि जित्न कोशिश गर्नुछ । तर अन्य चिजबाट टाढा राख्नु छ ।’ उनले थपे ।
बार्सिलोनाले गत सिजन कुनै उपाधि हात पार्न सकेन । यस सिजन समेत खराब सुरुवात गर्दै तालिकाको पाँचौ स्थानमा छ ।
मेस्सीले १३ वर्षको उमेरमा बार्सिलोनामा आबद्ध भएका हुन् । उनी क्लबका सर्वाधिक गोलकर्ता हुन् । उनले १० ला लिगा र ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।
उनले ६ पटक बालेन डी ओरको उपाधि जितेका छन् ।
गत समरमा उनी र बार्सिलोनाबीचको विवाद उत्कर्षमा पुग्यो । क्लबका अध्यक्ष जोसेप मारिया बर्टेमेउसंगको विवादका कारण उनले क्लब छाड्ने निर्णय गरेका थिए ।
बर्टेमेउमा गत अक्टोबरमा मात्र क्लबबाट राजीनामा दिए ।