प्रिमियर लिगमा आज : एभर्टनसंग सिटीको परिक्षा

एजेन्सी । प्रिमियर लिगको शीर्षताको होडमा रहेका एभर्टन र म्यान्चेष्टर सिटी आज (सोमबार) राति भिड्दैछन् ।
एभर्टनले शीर्ष स्थानको लिभरपुलसंग अंक बराबरी गर्ने उद्धेश्य सहित गुडसिन पार्कमा म्यान्चेष्टर सिटीलाई आतिथ्यता प्रदान गर्न लागेको छ ।
तालिकाको दोस्रो स्थानमा रहेको एभर्टन घरेलु मैदानमा जित निकाल्दै शीर्ष स्थानको लिभरपुलको ३२ अंक बराबरी गर्न चाहन्छ । ईतिहाद क्लब सिटी भने एभर्टनविरुद्ध जित निकाल्दै शीर्ष क्लबसंगको दुरी घटाउने उद्धेश्यमा छ ।
सेफिल्डविरुद्ध खेलेको पुरानै प्लेईङ सेट एभर्टनले उतार्नेछ । किनकी टिममा परिवर्तनका लागि एभर्टनसंग विकल्प छैन ।
रिचर्डसन सहित जेम्स रोड्रिग्वेज, एलान, लुकास डिग्नी र फाबियन डेल्फ सहितका खेलाडी एभर्टनकको टिम बाहिर छन् ।
यता, म्यान्चेष्टर सिटीले समेत टिमका ब्यापक परिवर्तन गर्न सक्नेछ । ग्याब्रियल जिसस र केएल वाल्कर कोरोना पोजेटिभ भएका कारण सोमबारको खेलमा उपस्थित रहने छैनन् ।
इल्के गुन्डोगन मैदान फर्कन सक्नेछन् । तर ईरिक ग्रासिया भने टिम बाहिर रहनेछन् ।
प्रिमियर लिगकै अर्को खेलमा नयाँ सिजनका लागि ठुलो रकम खर्च गरेको चेल्सीले बलियो प्रतिद्धन्दी एस्ट भिल्लालाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्दैछ ।
सिजनको उत्कृष्ट सुरुवात गरेको चेल्सीले पछिल्लो समय लय गुमाएको छ । टिमको प्रर्दशन र नतिजा एकैनाशको देखिएको छैन ।
लय गुमाएको चेल्सीको नतिजाबाट प्रशिक्षक फ्राङ्क लाम्पार्ड समेत निशान छन् । उनले सोमबारको खेलमा ठुलो परिवर्तन गर्न सक्ने आँकलन गरिएको छ । क्यालुम हडसन ओडोईले प्लेईङ सेटमा स्थान बनाउने अपेक्षा गरिएको छ । चोटबाट मुक्त हुँदै मिडफिल्ड हामिक जियाच चेल्सीको टिममा फर्किएका छन् ।
यता, लिगको तेस्रो स्थानमा उक्लिने लक्ष्यमा रहेको एस्टन भिल्लाले डिफेन्डर टिरोन मिङ्गसलाई गुमाउनेछ । अघिल्लो खेलमा क्रिस्टल प्यालेसविरुद्ध उनले रातो कार्ड ब्यहोरेका थिए ।
लोनमा एस्टन भिल्ला आएका चेल्सीका खेलाडी रोस बार्कली पूर्व क्लबविरुद्ध मैदान उत्रन पाउने छैनन् । समान २५ अंक रहेको चेल्सी आठौं र एस्टन भिल्ला सातौं स्थानमा छ ।
यस्तै उपाधि होडमा देखिएका लेस्टर सिटी भने क्रिस्टल प्यालेसको भ्रमणमा निस्कदैछ । लेस्टर २८ अंक सहित तालिकाको तेस्रो र क्रिस्टल १८ अंक सहित तालिकाको १४ औं स्थानमा छ ।