आइतबार, २२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

लिभरपुललाई अग्रता बढाउने अवसर

आइतबार, १२ पौष २०७७खेलपाटी संवाददाता
लिभरपुललाई अग्रता बढाउने अवसर
Loading ad...
mustang rice ad

एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुललाई अग्रता बढाउने अवसर छ ।

आईतबार राति वेष्ट ब्राेमलाई एनफिल्डमा आतिथ्यता प्रदान गर्दै गर्दा लिभरपुल लिग तालिकामा स्पष्ट ५ अंकको अग्रता बढाउने ध्याउन्नमा हुनेछ ।

लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले मुख्य फरवार्ड मोहमद सलाहालाई प्लेईङ सेटमा उतार्न सक्नेछन् ।

घरेलु टोलीले जेम्स मिल्नर र जर्दान साकिरीको फिटनेसको जाँच गरिरहेको छ । तर मिडफिल्डर थियागो अल्कान्टारा मैदान देखिन सम्भावना पनि उस्तै छ ।

यता, रेलिगेशन जोनबाट उम्किन खोजिरहेको वेस्ट ब्रोमसमेत तीन अंक हासिल गर्न घरेलु टोलीसंग सक्दो प्रयास गर्नेछ । क्लबलाई मुख्य समस्या कप्तान जाकी लिभरमोरको हुनेछ । एस्टन भिल्ला रातो कार्ड खाएका उनी तीन खेलको प्रतिबन्धमा छन् । म्याथ्युस परेराको आगमनले पाहुना टोलीलाई केही राहत दिन सक्नेछ ।

अर्को खेलमा टोटेनहम भने उल्भ्सको भ्रमणमा निस्कदैछ । नयाँ सिजनमा शानदार सुरुवात गरेको टोटेनहमको पछिल्लो समय लय बिग्रिएको छ । फरवार्ड लाईनमा ह्यारी केन र सन ह्युङ मिनको जोडी समय जम्न सकेको छैन । बेलको आगमन समेत टोटनहमलाई सुखद बन्न सकेको छैन ।

यता घरेलु टोली उल्भ्स टोटेनहमलाई निराश बनाउँदै अंक तालिकामा सुधार गर्न चाहन्छ । १७ औं स्थानमा रहेको उल्भ्स मिडफिल्डर लिएन्डर डेन्डोनेकरको चोटलाई लिएर गम्भिर छ ।

चेल्सीविरुद्धको खेलमा चोट बोकेका उनी सोमबार वर्नलीविरुद्धको खेल समेत गुमाएका थिए । डिफेन्डर जोनी र फरवार्ड राउल जिमेनेजको लामो समयको चोटले उल्भ्स तनावमै छ ।

टोटेनहमले बुधबार प्राप्त जितमा टिममा सात परिवर्तन गरेको थियो । प्रशिक्षक जोसे मौरिन्हो सोही परिवर्तन उल्भ्सविरुद्ध समेत गर्न सक्नेछन् । जियोवानी लो सेलो चोटका कारण टोटेनहमको टोलीमा रहने छैनन् । डिफेन्डर जफेट तान्गंगाले समेत आईतबार रातिको खेल गुमाउनेछन् ।

अन्य खेलमा लिड्स वर्नलीको भ्रमणमा निस्कदा रेलिगेशन जोन नजिक रहेको ब्राइटोनलाई वेस्ट ह्यामले आतिथ्यता प्रदान गर्नेछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

चाँडै मैदान फर्किने छैनन् बेकर

चाँडै मैदान फर्किने छैनन् बेकर

फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि