पीएसजीद्धारा प्रशिक्षक बर्खास्त
बिहिबार, पुष ९, २०७७खेलपाटी संवाददाता

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ ।
बुधबार राति स्ट्रासबर्गमाथि ४–० को जित निकालेका टुचेललाई केही घण्टामै पीएसजीले बर्खास्त गरेको हो ।
जित निकाल्दै पीएसजीले शीर्ष स्थानको लियोनसंगको दुरी घटाएको थियो ।
स्काई जर्मनीका अनुसार पीएसजीका खेल निर्देशक लियोनार्दोले आफ्ना प्रशिक्षकलाई बर्खास्त गरिएको जानकारी दिएका छन् ।

टुचेलकै नेतृत्वमा पीएसजीले चार महिना अघि च्याम्पियन्स लिगको फाईनलमा स्थान बनाएको थियो ।
क्लबले तीन हप्ताको विश्राम अघि प्रशिक्षक टुचेललाई बिदा दिएको हो ।








-1763024272658.jpeg&w=3840&q=75)




-1762997834781.jpeg&w=3840&q=75)