एजेन्सी । अष्ट्रेलियाविरुद्धको पहिलो टेष्ट क्रिकेटमा भारतले सामान्य सुरुवात गरेको छ ।
एडिलेटमा टस जितेर ब्याटिङ्गमा उत्रिएको भारतले पहिलो दिनको खेल सकिदाँ ६ विकेट गुमाएर २ सय ३३ रन बनाएको छ ।
पहिलो दिन अन्तिम समयमा भारतीय टिमले तीन महत्वपूर्ण विकेट गुमाएको थियो ।
भारतीय टिमको सुरुवात निकै खराब रह्यो ।
पाहुना टोलीले शुन्य रनमै पहिलो विकेटको रुपमा पृथ्वी शालाई गुमायो । मयाङ्क अग्रवाल १७ रनमा पवेलियन फर्किदा भारतले ३२ रन जोड्न दुई विकेट गुमाईसकेको थियो । त्यसपछि चेतेश्वर पुजारा ४३ रन बनाएर आउट भए ।
उनले १ सय ६० बलको सामना गर्दै सो स्कोर खडा गरेका हुन् ।
विराट कोहलीले निकै अनुशासित ब्याटिङ्ग प्रर्दशन गरे । चौथो विकेटको रुपमा रनआउट हुनु अघि उनले ७४ रन बनाए ।
अजिक्या रहाने ४२ र हनुमा बिहारी १६ रनमा आउट भए । रिद्धिमान शाह ९ र रविचन्द्रन आश्विन १५ रनमा अविजित छन् ।
विराट कोहलीले बाँकी तीन टेष्ट म्याच भने गुमाउनेछन् । उनी आफ्नो पहिलो बच्चाको जन्मका लागि स्वदेश फर्कनेछन् ।
पहिलो दिन मिचेल स्टार्चले २ तथा जोस हेजलउड, प्याट कुमिन्स र नाथल लियोनले समान एक एक विकेट लिए ।
अष्ट्रेलिया भ्रमणमा रहेको भारतले चार म्याचको टेष्ट सिरिज खेल्नेछ । यसअघि खेलिएको एकदिवसीय सिरिज अष्ट्रेलियाले जितेको थियो भने टी–ट्वान्टी सिरिज पाहुना टोलीले कब्जा गरेको थियो ।