एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले अष्ट्रेलियाविरुद्ध पहिलो टेष्टको लागि खेलाडीकाे सुचि सार्वजनिक गरेको छ ।
बुधबार बीसीसीआईले अष्ट्रेलियाविरुद्धकाे खेलका लागि खेलाडीको नाम सार्वजनिक गरेको हो ।
बिहिबारबाट अष्ट्रेलियाकोको एडिलेडमा टेष्ट सिरिज सुरु हुँदै छ ।
भारतीय टोलीलाई विराट कोहलीले कप्तानी गर्नेछन् । भारतीय टिममा पहिलो टेष्टका लागी एक मात्र स्पिनर सामेल गरिएको छ ।
टोलीमा कोहलीसंगै मयाङ्क अग्रवाल, पृथ्वी शा, चेतेश्वर पुजारा, अजिन्का रहाने, हनुम बिहारी, रिद्दिमान शाह, रविचन्द्रन आश्विन, मोहमद शामी, उमेश यादब र जसप्रित बुम्राह रहेका छन् ।
अष्ट्रेलिया भ्रमणमा रहेको भारतले यसअघि एकदिवसीय र टी ट्वान्टी सिरिज खेलिसकेको छ । एकदिवसीय अन्तराष्ट्रिय सिरिज अष्ट्रेलियाले २-१ ले हात पार्दा भारतले टी ट्वान्टी सिरिज कब्जा गरेको थियो ।
बिहिबारबाट चार टेष्ट खेलको सृंखला सुरु हुँदै छ ।
भारतीय कप्तान विराट पहिलो टेष्ट पश्चचात अनुपस्तिथ हुनेछन् । विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गतको टेष्ट सिरिज दुवै राष्ट्रको लागि महत्वपूर्ण रहेको छ ।