चितवन । गौतमबुद्ध कप अन्तर्गत फाइनल खेलमा राप्ती टिमले नारायणीलाई जितका लागि १ सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नारायणीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ्गमा उत्रिएको राप्तीले राप्तीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनायो ।
भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा उत्कृष्ट सुरुवात गरेको राप्तीका लागि कुशल भुर्तेलले सर्वाधिक ४२ रनको आक्रामक पाली खेले ।
यस्तै, बिनोद भण्डारीले ३२, अमित श्रेष्ठले १७ र शरद भेषवाकरले १० रन बनाए ।
नारायणीका शाहाब आलमले ३, सुशन भारीले २ र कप्तान करन केसीले १ विकेट हात पारे ।
दुवै टिम एक खेल अघिनै फाइनल पुगेका थिए ।
सुरुवाती दुवै खेलमा पराजित हुँदै ज्ञानेन्द्र मल्ल कप्तानीकाे बागमती प्रतियाेगिताबाट बाहिरिएकाे थियाे ।
टी-ट्वान्टी ढाँचामा खेलाइएकाे प्रतियाेगितामा तीन टाेली सहभागी छन् । सिङ्गल राउण्ड राेबिनकाे प्रतियाेगितामा यसअघि भएकाे खेलमा राप्तीले नारायणी टिमलाई हराएकाे थियाे ।
कोरोनाका कारण प्रभावित बनेको घरेलु खेलकुदलाई चलायमान बनाउन बागमती प्रदेश क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो ।