एजेन्सी । घरेलु टिम न्युजिल्याण्डले वेस्ट इन्डिजविरुद्धको दुई खेलको टेस्ट सिरिज जितेको छ ।
वेलिङ्गटनमा सोमबार दोस्रो टेस्टमा एक इनिङ्स र १२ रनको जित निकाल्दै न्युजिल्याण्डले सिरिज २-० ले जितेको हो ।
न्युजिल्याण्डविरुद्ध दोस्रो इनिङ्समा वेस्ट इन्डिज ३ सय १७ रनमा अलआउट भएपछि न्युजिल्याण्डले एक इनिङ्समै जित निकालेको हो ।
फलो अनमा परेको वेस्ट इन्डिजका लागि दोस्रो इनिङ्समा जोन क्याम्पबेलले ६८ रन बनाए ।
यस्तै कप्तान जासन होल्डरले ६१ रन जोड्दा जोसुवा डा सिल्भाले ५७ रन जोडे ।
न्युजिल्याण्डका ट्रेन्ट बोल्ट र निल वाग्नेरले ३/३ विकेट लिए । टिम साउथी र केली जेमिसनले २/२ विकेट लिए ।
यस अघि पहिलो इनिङ्समा १ सय ३१ रन जोडेपछि न्युजिल्याण्डले वेस्ट इन्डिजलाई पुन: ब्याटिङमा पठाएको थियो ।
पहिलो इनिङ्समा वेस्ट इन्डिजका जेर्मिने ब्लाकवुडले सर्वाधिक ६९ रन बनाएका थिए ।
न्युजिल्याण्डका टिम साउथी र केली जेमिसनले ५/५ विकेट लिएका थिए ।
घरेलु टोलीले भने पहिलो इनिङ्समा ४ सय ६० रन बनाएको थियो ।
न्युजिल्याण्डको उच्च स्कोरमा हेनरी निकोलसले १ सय ७४ रनको शतकीय इनिङ्स खेले ।
त्यस्तै निल वाग्नेरले अविजित ६६ रन जोड्दा विल योङ्ले ४३ रन बनाए ।
वेस्ट इन्डिजका अल्जारी जोसेप र शानन ग्राबियलले ३/३ विकेट लिए ।
यस अघि पहिलो टेस्टमा न्युजिल्याण्डले एक इनिङ्स र १ सय ३४ रनको जित निकालेको थियो ।