एजेन्सी । वेष्ट इन्डिजमा हुने सन् २०२२ को यु-१९ विश्वकपको छनोट खेलकाे तालिका सार्वजनिक भएको छ ।
कोरोना माहामारीको कारण स्थगित भएको छनोट प्रतियोगिताकाे तालिका अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पुन: सार्वजनिक गरेको हो ।
वेष्ट इन्डिजको यू-१९ विश्वकपमा ५ स्थानको लागि विश्वभरका ३३ राष्ट्रले छनोट खेल खेल्ने छन् । गत संस्करणको यू-१९ विश्वकपमा शीर्ष ११ भित्र रहेका राष्ट्र भने सिधै विश्वकपमा छनोट भएका छन् ।
अफगानिस्तान,अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इण्डिज र जिम्बाबे सोझै यू-१९ विश्वकपमा छनोट भएका छन् ।
क्षेत्रीय छनोटबाट आउने थप ५ राष्ट्रले ११ राष्ट्र सम्मलित यू-१९ विश्वकपमा प्रतिस्पर्धा गर्ने छन् ।
सन् २०२१ को जुनमा सात क्षेत्रीय प्रतियोगिताबाट छनोट खेल्ने राष्ट्रको टुंगो लाग्ने छ ।
एसिया र अफ्रिका क्षेत्रमा बलिया राष्ट्र भएका कारण दुई क्षेत्रलाई थप दुई डिभिजनमा विभाजन गरिएको छ । पहिलो डिभिजनमा छनोट हुने राष्ट्रले क्षेत्रीय छनोट खेल्ने छ ।
नेपालले भने सोझै एसियाकाे क्षेत्रीय छनोट खेल्ने छ । नेपाल एसिया छनाेटमा च्याम्पियन भएकाे खण्डमा सिधै विश्वकप खेल्नेछ ।
एसिया क्षेत्रीय छनोटमा नेपालसंगै युएई, मलेसिया र डिभिजन छनोटबाट छानिएका २ राष्ट्र रहने छन् ।
क्षेत्रीय छनोट युएईमा हुने छ । क्षेत्रीय छनोटको विजेताले विश्वकपमा स्थान बनाउने छ ।
नेपालले खेल्ने एसिया छनोटको मिति भने सार्वजनिक गरिएको छैन ।
लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपालले बंगलादेशमा भएको सन् २०१६ को विश्वकप खेले यता यू-१९ विश्वकपमा छनोट हुन सकेको छैन ।
गत संस्करणको विश्वकप छनोटमा नेपाल युएईसंग डीएलए पद्दतीमा १ रनले पराजित हुँदा विश्वकप पुग्न असफल भएको थियो ।
हालसम्म नेपालले यू-१९ विश्वकपमा दुई पटक सेमिफाइनल पुगेको छ ।
यू-१९ विश्वकपमा नेपालले अधिकांश टेष्ट राष्ट्रलाई पराजित गर्दै आएको इतिहास छ ।