चितवन । गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता अन्तर्गत बागमतीविरुद्ध राप्तीका फास्ट बलर अविनाश बोहराले 'म्यान अफ द म्याच'काे अवार्ड आफ्नो दोस्रो एनिभर्सरी उपहारकाे रुपमा श्रीमतीलाई समर्पित गरेका छन्।
सोमबार बोहराको वैवाहिक जीवनकाे दोस्रो वर्ष पुरा हुँदै छ । उनले आफ्नो अवार्ड न्युजिल्यान्डमा रहेकी श्रीमतीलाई एभिभर्सरी उपहार रहेको बताए ।
'यो म्यान अफ द म्याच श्रीमतीलाई उपहार हाे । भोली हाम्रो दोस्रो एनिभर्सरी हो ।' खेलपछि अविनासले भने, 'खेलअघि श्रीमतीले म्यान अफ द म्याच मेरोलागि उपहार जित्नु भनेको थिइन् ।'
रोमाञ्चक खेलमा बोहराले १९ औं ओभर दूई विकेट लिएपछि राप्तीले सहज जित हात परेको थियो । १८ औं ओभरको चौंथो बलमा बागमतीका बिक्रम सोब र अन्तिम बलमा पवन सर्राफलाई आउट गर्दै उनले खेल आफ्नो पक्षमा पारेका थिए ।
अविनासको उत्कृष्ट प्रदर्शनमा राप्तीले बागमतीलाई ११ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।
अविनासले ४ ओभरमा १२ रन दिएर महत्वपूर्ण २ विकेट हात पारेका थिए ।
भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा लगातार दोस्रो पराजय भोगेको बागमती प्रतियोगिताबाट बाहिरिएको छ ।
फाइनलमा राप्ती र नारायणी भिड्ने छन् । दुवै टोली एक खेल अगावै फाइनल पुगेका हुन् ।
सोमबार फाइनल पुगेका राप्ती र नारायणीको औपचारिक खेल हुनेछ ।
मंसिर ३० गते फाईनल खेल खेल्नेछन् ।
कोरोनाका कारण प्रभावित बनेको घरेलु खेलकुदलाई चलायमान बनाउन बागमती प्रदेश क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो ।