डर्टमण्डको सहज जित
शनिबार, कार्तिक ८, २०७७खेलपाटी संवाददाता

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्डले साल्केलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको डर्टमण्डले दोस्रो हाफमा तीन गोल गरेको थियो ।
खेलको ५५ औं मिनेटमा मानुएल आकान्जीले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।
खेलको ६१ औं मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दा डर्टमण्डको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ७८ औं मिनेटमा माट हुमेल्सले गोल गर्दै टोलीकै ३-० को सहज जित दिलाए ।
जितसँगै डर्टमण्डले ५ खेलमा १२ अंक जोडेको छ । डर्टमण्ड तेस्रो स्थानमा रहेको छ ।
पराजित साल्के ५ खेलमा १ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



