लुकाकुलाई 'प्लेयर अफ दि सिजन' अवार्ड
शुक्रबार, १६ आश्विन २०७७खेलपाटी संवाददाता

एजेन्सी । इटालियन क्लब इन्टर मिलानका फरवार्ड रोमेलु लुकाकुले युरोपा लिग फुटबलको 'प्लेयर अफ दि सिजन' अवार्ड जितेका छन् ।
सन् २०१९/२० को सिजन युरोपा लिग फुटबलका उत्कृष्ट खेलाडी बन्दै लुकाकुले 'प्लेयर अफ दि सिजन' अवार्ड जितेका हुन् ।
लुकाकुले च्याम्पियन टिम सेभियाका इभर बेनेगा र म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेस पछि पार्दै अवार्ड जितेका हुन् ।
लुकाकुको उत्कृष्ट प्रदर्शनमा इन्टर युरोपा लिगको फाइनलसम्म पुगेको थियो ।
लुकाकुले युरोपा लिगको ६ खेलमा ७ गोल गरेका थिए ।










-1767098144368.jpg&w=3840&q=75)

-1767081985409.jpeg&w=3840&q=75)
