१९ वर्षीय डिफेन्डर फोफाना लेष्टरमा
२०२० अक्टोबर २, शुक्रबारखेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब लेष्टर सिटीले युवा डिफेन्डर वेस्ले फोफानालाई अनुबन्धित गरेको छ ।
लेष्टरले फ्रेन्च क्लब सेन्ट इटिनेबाट डिफेन्डर फोफानालाई अनुबन्ध गरेको हो ।
१९ वर्षीय डिफेन्डरले लेष्टरसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
लेष्टरले अनुबन्धन रकम भने गोप्य राखेको छ ।
फ्रान्सका युवा डिफेन्डरले सन् २०१९ को मे महिनामा नाइसविरुद्धको खेलबाट सिनियर टिममा डेब्यु गरेका थिए ।
फोफानाले सबै प्रतियोगिता गरी इटिनेका लागि २५ खेल खेलेका थिए । गत सिजन उनले १४ लिग खेल खेलेका थिए ।
यस सिजन पनि उनले इटिनेका लागि ४ लिग खेल खेलिसकेका छन् ।
फोफाना फ्रान्सको यू-२१ टोलीका महत्वपूर्ण सदस्य हुन् ।