आयाक्सका डिफेन्डर डेस्ट बार्सिलोनामा
बिहिबार, १५ आश्विन २०७७खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले अमेरिकाका युवा डिफेन्डर सर्जिनो डेस्टलाई अनुबन्धित गरेको छ ।
बार्सिलोनाले डच क्लब आयाक्सबाट डिफेन्डर डेस्टलाई अनुबन्धित गरेको हो ।
१९ वर्षीय डिफेन्डरलाई बार्सिलोनाले २१ मिलियन युरोमा अनुबन्ध गरेको हो ।
बार्सिलोनासँग डेस्टले पाँच वर्षको सम्झौता गरेका छन् ।
बार्सिलोनाकै एकेडेमीमा हुर्किएका उनी सन् २०१८ आयाक्सको एकेडेमी आएका थिए ।
आयाक्स आएको दोस्रो सिजन उनले सिनियर टिममा डेब्यु गरेका थिए ।
गत सिजन उनले आयाक्सको लागि ३५ खेल खेलेका थिए । उनले २ गोल र ६ अस्सिट समेत गरेका थिए ।
नेदरल्यान्ड्समा जन्मिएका डेस्टले अमेरिकाको उमेर समूह र सिनियर टिमबाट खेलिसकेका छन् ।
डेस्टले अमेरिकाको सिनियर टिमबाट ३ खेल खेलिसकेका छन् ।









-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)

