थियागोलाई कोरोना संक्रमण
बुधबार, १४ आश्विन २०७७खेलपाटी संवाददाता

एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलका मिडफिल्डर थियागो अलाकान्टरालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
लिभरपुलले मिडफिल्डर थियागोलाई कोरोना पोजेटिभ भएको जनाएको छ । कोरोना देखिएपछि उनी सेल्फ आईसोलेसनमा बसेको क्लबले जनाएको छ ।
कोरोना पोजेटिभ देखिएपनि थियागोलाई कोरोनाको कुनै लक्षण नभएको बताईएको छ ।
स्पेनिस मिडफिल्डर थियागो यसै समरमा लिभरपुल आएका हुन् ।
जर्मन क्लब बायर्न म्युनिखबाट लिभरपुल आएका सेन्टर मिडफिल्डरले क्लबसँग ४ वर्षको सम्झौता गरेका छन् । थियागो २०२४ सम्म लिभरपुलमा हुनेछन् ।
२९ वर्षीय थियागोले गत साता चेल्सीमाथि २-० को जित निकाल्दा डेब्यु गरेका थिए ।









-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)

