बर्नलीसँग वेस्टवुडको नयाँ सम्झौता
शनिबार, असोज १०, २०७७खेलपाटी संवाददाता

एजेन्सी । बर्नलीका मिडफिल्डर एस्ले वेस्टवुडले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
३० वर्षीय मिडफिल्डरले बर्नलीसँग ३ वर्षको नयाँ सम्झौता गरेका छन् ।
क्लबसँगको सम्झौता एक वर्ष बाँकी रहदै उनले बर्नलीसँग नयाँ सम्झौता गरेका हुन् ।
सम्झौतासँगै उनी २०२३ सम्म क्लबमा रहने छन् ।
इंग्ल्यान्डका मिडफिल्डर वेस्टवुड सन् २०१७ मा एस्टन भिल्ला बर्नली आएका थिए ।
उनले बर्नलीका लागि ९८ प्रिमियर लिग खेल खेलका छन् ।
वेस्टवुडले यस ३ खेल खेलिसकेका छन् ।







-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)



