गोडिन काग्लियारीमा अनुबन्धित
शुक्रबार, असोज ९, २०७७खेलपाटी संवाददाता

एजेन्सी । उरुग्वेका डिफेन्डर डिएगो गोडिन सिरी ए क्लब काग्लियारीमा अनुबन्धित भएका छन् ।
काग्लियारीले गोडिनलाई इन्टर मिलानबाट फ्रि ट्रान्सफरमा अनुबन्धित गरेको हो ।
३४ वर्षीय सेन्टर डिफेन्डरले काग्लियारीसँग ३ वर्षको सम्झौता गरेका छन् ।
गोडिन इन्टरमा एक सिजन बसेर काग्लियारी आएका हुन् ।
गत सिजन इन्टरमा गोडिनले ३६ खेलमा २ गोल गरेका थिए ।
स्पेनिस क्लब एट्लेटिको मड्रिडमा ९ वर्ष बिताएर गत सिजन उनी इन्टर आएका थिए ।
त्यसअघि उनले भिल्ला रियलबाट खेलेका थिए ।
गोडिनले उरुग्वेका लागि १ सय ३५ खेल खेलिसकेका छन् ।
उनी उरुग्वेका कप्तान समेत हुन् ।






-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)


-1762650613586.webp&w=3840&q=75)

