बर्नमाउथबिरुद्ध सिटीको जित
शुक्रबार, असोज ९, २०७७खेलपाटी संवाददाता

एजेन्सी । कारबाओ कपमा म्यान्चेष्टर सिटीले बर्नमाउथलाई हराएको छ ।
बिहिबार भएको खेलमा सिटीले बर्नमाउथलाई २–१ गोल अन्तरले हराएको हो ।
जितसंगै सिटी कारबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ ।
युवा खेलाडी लियाम डेलपले सिनियर टिमबाट डेब्यु गरेको खेलमा गोल गरे । उनैको गोलमा सिटीले १८ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो ।
फिल फोडिनले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै डेलपले गोल गरेका थिए ।
साम सर्रिजले बर्नेमाउथका लागि २२ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।
खेल सकिन १५ मिनेट अघि फोडिनले सिटीका लागि विजयी गोल गरेका थिए ।
सिटीले चौथो चरणको खेलमा प्रिमियर लिग क्लब वर्नलीसंग प्रतिस्पर्धा गर्नेछ ।






-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)


-1762650613586.webp&w=3840&q=75)

