स्पेनिस डिफेन्डर डिएगो लिड्स आउने
२०२० सेप्टेम्बर २३, बुधबारखेलपाटी संवाददाता

एजेन्सी । प्रिमियर लिग क्लब लिड्स युनाइटेडले स्पेनिस डिफेन्डर डिएगो लोरेन्टेलाई अनुबन्धित गर्ने भएको छ ।
लिड्सले स्पेनिस क्लब रियल सोसिडाडबाट डिएगोलाई अनुबन्धित गर्ने भएको हो ।
सेन्टर डिफेन्डर अनुबन्धनका लागि लिड्स र सोसिडाड सहमत भएका छन् ।
लिड्सले करिब २५ मिलियन पाउण्डमा उनलाई अनुबन्ध गर्न लागेको हो ।
लिड्सले औपचारिक रुपमा उनलाई घोषणा गरेको छैन ।
तर, सोसिडाडले २७ वर्षीय डिफेन्डरलाई विदाई गरिसकेको छ ।
उनी रियल मड्रिडबाट सन् २०१७ मा सोसिडाड आएका थिए ।
सोसिडाडबाट गत सिजन उनले ३० खेल खेलेका थिए ।
स्पेनका लागि उनले ५ खेल खेलिसकेका छन् ।