काठमाडौं । एभिएम स्कुलका सुजन गडाल हरेराम जोशी स्मृती अन्तर स्कुल टेबल टेनिस च्याम्पियनसिपमा ब्वाईज यु—१६ तर्फ स्वर्ण पदक हात पार्न सफल भएका छन् ।
दोश्रो स्थानमा पुष्पसदनका आभाष चापागाई र तेश्रो स्थानमा एभिएमका रोविन महर्जन र बिशाल गोले रहे ।
बिजेता खेलाडीहरुले ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । बिजयी खेलाडीहरुलाई नेपाल टेबल टेनिस संघका उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक धर्ममान बज्राचार्यले पुरस्कार वितरण गरेका थिए ।
यस्तै च्याम्पियनसिपमा एभिएम लगातार तीन बर्ष टिम च्याम्पियनको ट्रफी उचाल्न सफल भयो । एभिएमले २०७३ र २०७४ सालमा पनि टिम बिजयी भएको थियो ।