काठमाडौं । ओलम्पियन पौडीवाच नयना शाक्यलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
आठौं दक्षिण एसियाली खेलकुदको स्वर्ण विजेता नयनासँगै उनको परिवारका सदस्यलाई समेत कोरोना देखिएको छ ।
नयनाले मंगलबार सामाजिक संजाल फेसबुकबाट आफु र परिवारलाई कोरोनाको संक्रमण देखिएको बताएकी छन् ।
नयनासँगै उनका पति पूर्व बास्केटबल खेलाडी विकास शाही र छोरा इभानलाई कोरोना देखिएको हो ।
आफ्नो घरमा रहेको एक स्टोरका सञ्चालकलाई कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसीङमा कोरोना नदेखिएपनि केहि दिनपछि आफ्नो परिवारलाई कोरोना देखिएको नयनाले फेसबुकमा लेखेकी छिन् ।
श्रीमान विकासलाई केहि दिनपछि कोरोनाको लक्षण देखिएपछि परिक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको उनले लेखेकी छिन् ।
नयनाले धेरै सावधानी अपनाएर घरमै बस्दा समेत कोरोना देखिएको बताउदै भाईरसलाई हल्का रुपमा नलिन आग्रह समेत गरेकी छिन् ।