काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी)का महासचिव कोरोना निलेन्द्र राज श्रेष्ठ मुक्त भएका छन् ।
भदौको पहिलो साता गरिएको कोरोना परिक्षणमा श्रेष्ठको रिपोर्ट पोजेटिभ आएको थियो । उनले भदौ १० गतेमात्र आफु कोरोनाबाट संक्रमित भएको जानकारी पाएका थिए ।
कोरोना पोजेटिभ देखिएपछि श्रेष्ठ एकान्तवासमा बसेका थिए । करिब एक दुई हप्ता एकान्तवासमा बसेका श्रेष्ठले पुन कोरोना परिक्षण गराएका थिए । श्रेष्ठले आज (सोमबार) प्राप्त रिपोर्ट अनुसार उनको रिपोर्ट नेगेटिभ आएको छ । अर्थात उनी कोरोनाबाट मुक्त भएका छन् ।
‘पुन गरिएको परिक्षणको रिपोर्ट आजै प्राप्त भएको छ । रिपोर्ट नेगेटिभ आएको छ ।’ श्रेष्ठले सोमबार दिउँसो खेलपाटीसंग कुरा गर्दै भने, ‘अवस्था अहिलेपनि सामान्य छ । संक्रमणको कुनै महशुश समेत भएन ।’
उनले कोरोनाबाट सजक हुनुपर्ने बताउँदै संक्रमित हुँदैमा आत्तिन नहुने बताए ।
साउन मसान्तमा ओलम्पिक कमिटिका दुई जना कर्मचारीमा संक्रमण देखिएपछि सम्पूर्ण पदाधिकारीले भदौको पहिलो साता कोरोना भाइरसको परिक्षण गराएका थिए ।
राखेपले साउनको अन्तिम साता परिषद् सहित विभिन्न खेलाडी तथा एनओसीका कर्मचारीको कोरोना परिक्षणको ब्यवस्था मिलाएको थियो । सो क्रममा एनओसीका दुई कर्मचारीको रिपोर्ट पोजेटिभ आएको थियो । केही समयपछि थप दुई जनामा कोरोना संक्रमण देखिएको थियो ।
महासचिव श्रेष्ठ सहित सम्पूर्ण कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ आएको एनओसीले जनाएको छ ।
कोरोनाबाट कर्मचारी र पदाधिकारीनै प्रभावित बनेपछि एनओसीले ओलम्पिक खेलेका सम्पूर्ण खेलाडीको कोरोना बिमा गर्ने निर्णय गरेको छ । एनओसीले कोरोनाको महामारी फैलिएसंगै सातदोबाटोस्थित केन्द्रिय कार्यालय अनिश्चित समयका लागि बन्द गरेको छ ।