एजेन्सी । विश्वकप फुटबल अन्तर्गत अष्ट्रेलियाबिरुद्धको खेलमा फ्रान्सले आफ्ना तीन आक्रमक खेलाडीलाई मैदान उतार्ने भएको छ । समुह चरणको पहिलो खेलमा उत्रन लागेको फ्रान्सले तीन स्ट्राईकरलाई मैदानमा उतार्दैछ ।
फ्रान्सेको पहिलो लाईन अपमा एन्टोनी ग्रिजम्यान, केलियन एमबाप्पे र उसमान डेम्बेले रहेका छन् । त्यस्तै आक्रमक मिडफिल्डर पाउल पोग्बाले समेत उनीहरुलाई साथ दिनेछन् ।
ग्रिजम्यानले पछिल्लो युरोकप फुटबलमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेका थिए । परम्परागत रुपमा खेल्दै आएको ४–४–२ को रणनीतिलाई परिमार्जन गर्दै प्रशिक्षक डिडियर डेसच्याम्पले ४–३–३ को संरचनामा खेलाडी उतार्दै छन् । टोलीमा चेल्सीका स्टार मिडफिल्डर कान्टे समेत परेका छन् ।
प्लेईङ ११ (फ्रान्स) : हुगो लोरीस, बेन्जामिन मेन्डी, राफायल भराने, सामुएल उम्टिडी, सीडीबे, निग्लो कान्टे, पाउल पोग्बा,टोलीसो, केलियन एमबाप्पे, ओन्सुमन डेम्बेले, एन्टोनियो ग्रीजम्यान
प्लेईङ ११ (अष्ट्रेलिया) : म्याट रायन, जोस रिस्डोन, ट्रेन्ट सेनबुरी,मिले जेडिनक, अजीज बेहिच,लोउन्गो, आरोन मोय, लेकी, रोब्बी क्रुसे,इर्भीने, टोमी जुरीक