काठमाडौं । गोदावरी नगरपालिकाको वडा नम्बर ११ मा संचालित 'फुड बैंक' लाई नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सहयोग गरेको छ ।
कोरोना महामारीका कारण भोकै परेका व्यक्तिलाई खाद्यान्न सहयोग गर्न संचालित फुड बैंकलाई संघले बुधबार सहयोग गरेको हो ।
संघले दैनिक ज्याला मजदुरी गरेर खाने २ सय जनालाई खाद्यान्न सहयोग गरिएको अध्यक्ष दिपक श्रेष्ठले जानकारी गराए ।
संघले उनीहरुलाई जनही २ केजी चामल, १ केजी दाल, नुन, मस्यौरा, तेल र साबुन लगायतको सामग्री वितरण गरिएको जनाएको छ ।
गोदावरी नगरपालिकाको समन्वय तथा स्थानीय युवाहरुको सक्रियतामा नगरपालिकाको वडा नम्बर ११ मा फुड बैंक सञ्चालनमा आएको हो ।
कोरोनको कारण सरकारले निषेधाज्ञा जारी गरेपछि दैनिक ज्यालादारी गरेर जीविका पार्जन गर्नेहरु प्रभावित भएपछि फुड बैंक सञ्चालनमा ल्याईएको हो ।
फुड बैंकमा हुने खाद्यान्न सहयोग गर्ने र नहुनेले आवश्यक खाद्यान्न लैजाने गर्छन् ।