इंग्ल्यान्ड र जर्मनीबीच मैत्रीपूर्ण खेल हुने
सोमबार, १५ भाद्र २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्यान्डको महिला फुटबल टिमले जर्मनीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
इंग्ल्यान्डको एफएले सोमबार महिला टिमले अक्टोबरमा जर्मनीसँग खेल्ने पक्का भएको जनाएको छ ।
जर्मनीमा हुने मैत्रीपूर्ण खेल अक्टोबर २७ मा हुनेछ ।
इंग्ल्यान्ड र जर्मनीबीचको खेल बन्द रंगशालामा हुने बताईएको छ ।
कोरोना भाईरसको महामारीको कारण इंग्ल्यान्डको महिला टिमले गत मार्चबाट कुनैपनि खेल खेलेको छैन ।
इंग्ल्यान्डले जर्मनीसँग पछिल्लो पटक गत नोभेम्बरमा खेलेको थियो ।
वेल्बलीमा भएको उक्त खेलमा जर्मनीले २-१ को जित निकालेको थियो ।






-1767323467090.webp&w=3840&q=75)


-1767323763179.png&w=3840&q=75)



-1767268406472.png&w=3840&q=75)