काठमाडौं । स्वर्गीय लक्ष्मी नारायण श्रेष्ठ भलिबल मेमोरियल ट्रस्टले राष्ट्रिय भलिबल टिमका खेलाडीको कारोना बिमा गरिदिएको छ ।
संस्थाको निर्णय अनुसार ट्रस्ट आज (आईतबार) खेलाडीको कोरोना बिमा गरिदिएको हो ।
ट्रस्टले यसअघि १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलेका महिला तथा पुरुष टिमका प्रत्यक्ष सदस्यको कोरोना बीमा गर्ने निर्णय गरेको थियो ।
कोरोना महामारीका बीच खेलाडीको आत्मबल बढाउन खेलाडीको बिमा गरिएको ट्रस्टकी अध्यक्ष अन्जु श्रेष्ठले खेलापटीलाई बताईन् ।
ट्रस्टले एक अनौपचारिक कार्यक्रमबीच एनएलजी इन्स्योरेन्ससंग राष्ट्रिय टिमका पुरुष र महिला खेलाडीको सामुहिक बिमा गरिदिएको हो ।
कार्यक्रममा महिला खेलाडी प्रतिभा माली र पुरुष खेलाडी दिल सुनार उपस्थित थिए ।
कोरोनाबाट संक्रमित भएको अवस्थामा खेलाडीले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
स्वर्गीय लक्ष्मीनारायण श्रेष्ठ नेपालको पहिलो अन्तर्राष्ट्रिय रेफ्री हुन् । जापानबाट १० महिनाको भलिबल प्रशिक्षण कोर्ष पुरा गरेका श्रेष्ठ जावलाखेल भलिबल प्रशिक्षण केन्द्रका संस्थापक प्रशिक्षक र उपाध्याक्ष हुन् ।