एजेन्सी । यस वर्ष टी–२० विश्वकप क्रिकेट प्रतियोगिता आयोजना हुन कठिन देखिएको छ ।
कोरोना भाईरसको महामारीका कारण यस वर्ष टी–२० विश्वकप क्रिकेट आयोजना गर्न कठिन देखिएको हो ।
अष्ट्रेलिया क्रिकेटका अध्यक्ष अर्ल ईडिङ्सले समेत महामारीका बीच यस वर्ष विश्वकप आयोजना गर्न असम्भव जस्तै रहेको बताएका छन् ।
उनले विश्वकप खेल्ने १६ देशका टिमलाई अष्ट्रेलिया पुर्याउन संम्भव नभएको समेत स्विकार गरे ।
अक्टोबर र नोभेम्बरमा हुने प्रतियोगिताबारे आईसीसीले निर्णय लिन बाँकी रहेको छ ।
गत जेठ २८ गते बसेको आईसीसीको बैठकले अर्को महिना विश्वकप सम्बन्धि निर्णय लिने बताएको थियो ।
लगत्तै आयोजक देश अष्ट्रेलियाका अध्यक्ष ईडिङ्सले प्रतियोगिताको भविष्यलाई लिएर आफ्नो धारणा राखेका हुन् ।
कोरोना भाईरसका कारण सबै अन्तराष्ट्रिय उडान बन्द छन् ।
'म यही भन्छु, यो मुस्किल छ । १६ टिमलाई अष्ट्रेलिया लिएर आउन सजिलो छैन । अझ धेरै देशमा कोरोनाको प्रकोप जारी छ ।' एडिङ्सले भिडियो कन्फरेन्समार्फत भनेका छन् ।
ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)लाई लक्षित गरेर प्रतियोगितालाई स्थगित हुन सक्ने धेरैको अनुमान रहदै आएको छ ।
अष्ट्रेलियामा महामारी सरकारी नियन्त्रणमा रहेको छ । अष्ट्रेलियामा ७ हजार मानिस संक्रमित देखिएका थिए । करिब ६ हजार बढी मानिस निकौ भईसकेका छन् ।