एजेन्सी । पाकिस्तान क्रिकेट टिमका पूर्व कप्तान साहिद अफ्रिदीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
पाकिस्तानी क्रिकेट लिजेण्ड अफ्रिदीले सामाजिक संजाल ट्वीटरबाट आफुलाई कोरोनाको संक्रमण भएको बताएका छन् ।
'बिहीबारबाट स्वास्थ्यमा खराबी आएको र ज्यान निकै दुखेको थियो । दुर्भाग्य अहिले मलाई कोरोना पोजेटिभ देखिएको छ,' अफ्रिदीले भनेका छन्, 'छिट्टै निको हुन सबैको पार्थना आवश्यक रहेको छ । इंशाल्ला ।'
कोरोनाको संक्रमण हुने उनी तेस्रो पाकिस्तानी क्रिकेटर हुन् । यस अघि टाउफिक उमार र जाफर सर्फराजलाई कोरोना देखिएको थियो ।
अफ्रिदीले पाकिस्तानका लागि सन् १९९६ देखि २०१८ सम्म खेलेका थिए ।
उनले पाकिस्तानका लागि २७ टेष्टमा १७ सय १६ रन र ४८ विकेट हात पारेका थिए ।
अफ्रिदीले ३ सय ९८ एकदिवसीयमा ८ हजार ६४ रन बनाउँदा ३ सय ९५ विकेट र टी-ट्वान्टीमा ९९ खेल खेल्दै १४ सय १६ रन र ९८ विकेट लिएका थिए ।