एजेन्सी । पूर्व पाकिस्तानी फास्ट बलर सोयब अख्तरले भारतीय कप्तान विराट कोहली र पाकिस्तानी खेलाडी बाबर आजमलाई तुलना गर्न नमिल्ने बताएका छन् ।
दुवै खेलाडी उत्कृष्ट ब्याट्सम्यान रहेपनि भारतले भन्दा पाकिस्तानले कम अन्तराष्ट्रिय खेल खेल्ने गरेको कारण दुई खेलाडीको तुलना गर्न सही नहुने उनको भनाई छ ।
अख्तरले बारम्बार आफ्नो राष्ट्रका खेलाडी बाबर र भारतीय खेलाडी विराटलाई एकै रुपमा तुलना गर्दै आएका छन् ।
विराटको तीन वटै ढाचाको अन्तर्राष्ट्रिय क्रिकेटमा ५० भन्दा माथिको औषत रहेको छ । बाबरको एकदिसीयमा ५०, टेष्टमा ४५ दशमलव १२ रहँदा समेत उनी पाकिस्तानका उत्कृष्ट ब्याट्सम्यान हुन् ।
अख्तरले आउने दिनमा बाबर र कोहलीले थुप्रै विश्व कीर्तिमान तोड्ने विश्वास ब्यक्त गरेका छन् ।
‘बाबर निकै क्षमतावान क्रिकेटर हुन । उनले विराट, जो रुट, केन विलियम्स जस्ता खेलाडीलाई चुनौती दिने क्षमता राख्छन् । पाकिस्तानमा अर्का एक खेलाडी छन्, हेडर अलि जो छिट्टै राष्ट्रको प्रतिनिधित्व गर्नेछन् ।’ उनी पनि निकै राम्रो ब्याट्सम्यान हुन् ।’ अख्तरले भनेका छन् ।
‘बाबर र विराट दुवै स्तरीय खेलाडी हुन् । दुई खेलाडीको तुलना गर्नु त ठिक हुँदैन किनकी भारतको तुलनामा पाकिस्तानले कम खेल खेल्ने गरेको छ ।’ अख्तरले थपे, ‘उनीहरुको लगनशीलता देख्दा थुप्रै कीर्तिमान तोड्ने विश्वास छ । तर दुई खेलाडीको तुलना गर्नु सहि हैन ।’