एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्रिकेटमा केहि नियमहरु परिवर्तन गरेको छ ।
विश्वभर फैलिएको कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै आईसीसीले मंगलबार केहि नियम परिवर्तन गरेको हो । तर, ती परिवर्तित नियम अस्थायी भएको बताईएको छ ।
आईसीसीले क्रिकेट खेल दौरान बल चम्काउन थुकको प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
आईसीसीको प्रमुख कार्यकारी कमिटीले उक्त नियमलाई अनुमति दिएको हो । कोरोनाको महामारी रोकिएपछि सुचारु हुने क्रिकेटमा नयाँ नियम लागु हुनेछ ।
यस अघि खेलाडीहरूले बल चम्काउन थुक, र्याल तथा पसिनाको सहायता लिदै आएका छन् ।
यस्तै टेष्ट क्रिकेट दौरान खेलाडीमा कोरोनाको लक्षण देखिएमा खेलाडी परिवर्तन गर्न पाउने नियम पनि आईसीसीले बनाएको छ ।
अब अन्तर्राष्ट्रिय खेलमा घरेलु अम्पायर तथा म्याच रेफ्रीहरु राख्न पाईनेछ । यस अघि तथस्ट अम्पायर राख्नु पर्ने नियम रहेको छ ।
त्यस्तै टिमले हरेक इनिङ्समा थप डीआरएस रिभ्यू लिन पाउनेछन् ।