एजेन्सी । तीन टेष्ट म्याचका लागि वेस्ट ईन्डिज क्रिकेट टिम ईङ्ल्याण्ड भ्रमणमा निस्किएको छ ।
भ्रमणमा निस्कनु अघि टिमका सबै सदस्यको कोरोना भाईरसको परिक्षण गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएपछि टिम ईङ्ल्याण्ड भ्रमणमा निस्किएको हो ।
सोमबार विभिन्न स्थानमा रहेका खेलाडीलाई दुई विमानबाट जम्मा गरिएको थियो । लगत्तै विशेष विमानबाट ईङ्ल्याण्डको म्यान्चेष्टरतर्फ उडान गरिएको हो ।
वेस्ट ईन्डिज क्रिकेट बार्डले म्यान्चेष्टरको ओल्डट्राफोर्ड पुग्ने बित्तिकै पुरै टिम एकान्तबासमा बस्नेछ । पुन टिमका खेलाडीको कोरोना परिक्षण गरिनेछ ।
भ्रमणका दौरान खेलाडीले सरकारद्धारा निर्देशित नियम पालना गर्नुपर्नेछ । तीन टेष्ट म्यान २१ दिन भित्र बन्द रंगशालामा खेलिनेछ ।
पहिलो टेष्ट जुलाई ८ मा साउथह्याम्टनमा खेलिनेछ । दोस्रो जुलाई १६ देखि २० सम्म र तेस्रो जुलाई २४ देखि २८ सम्म ओल्डट्राफोर्डमा खेलिनेछ ।
होटल लगायतका सुविधालाई केन्द्रित गरेर खेल स्थान तय गरिएको हो ।
वेस्ट ईन्डिजले पूर्व निर्धारित तालिका अनुसार मे र जुनमा ईङ्ल्याण्ड भ्रमण गर्नुपर्ने थियो । तर कोरोना भाईरसको महामारीका कारण स्थगित गरिएको थियो ।
वेस्ट ईन्डिजका कप्तान जेसन होल्डरले ईङ्ल्याण्डमा खेल्ने क्रिकेटका लागि ठुलो कदम भएको बताएका छन् ।
'हामी सिरिजका लागि ईङ्ल्याण्ड गईरहेका छौ । यो खेल बिशेष गरि क्रिकेटका लागि धेरै ठुलो कदम हो ।' उनले भनेका छन् ।