व्यायामशाला खुल्ला गर्न माग
.jpg&w=3840&q=75)
काठमाडौं । काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघले जिम तथा फिटनेस सेन्टर (व्यायामशाला) खुल्ला गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
संघले आइतबार व्यायामशाला सुरक्षित तरिकाले खुलाउन माग गर्दै काठमाडौं जिल्ला प्रशासनलाई ज्ञापनपत्र बुझाएको हो ।
संघका अध्यक्ष सुरेश सुवेदीको नेतृत्वमा गएको टोलीले प्रशासनलाई ज्ञापनपत्र बुझाएको हो ।
संघले बुझाएको ज्ञापनपत्रमा जिम तथा फिटनेस सेन्टरमा अरब भन्दा बढी लगानी भएको तर लकडाउनपछि बन्द रहदा जिम संचालकहरु मारको परेको जनाएको छ ।
जिम तथा फिटनेस सेन्टर बन्द हुँदा संचालकले कर्मचारीहरुलाई तलब, घरभाडा, बैंक ब्याज, बिजुलीको महशुल र नेपाल सरकारलाई बुझाउनुपर्ने कर बुझाउन नसक्ने स्थितिमा पुगेको समेत संघले जनाएको छ ।
यस्तै संघले डब्लुएचओ र नेपालका विषेशज्ञहरुले मानव शरिरका प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन सकिएमा कोरोना रोगबाट सजिलै बच्न सकिने बताएको कारण दैनिक व्यायाम गर्नु जरुरी भएकोले पनि बन्द रहेको जिम तथा फिटनेस सेन्टर यथाशिघ्र छिटो खोल्नु जरुरी भएको जनाएको छ ।
कोरोनाको महामारीपछि सरकारले गत चैतबाट लकडाउन लगाएको थियो । त्यसयता जिम तथा फिटनेस सेन्टर बन्द रहेको छ । हाल काठमाडौं जिल्लामा करिब २ सय जिमहरु रहेका छन् ।
कोरोनाबाट नेपालमा ३४ सय बढी संक्रमित छन् भने १३ जनाको मृत्यु भईसकेको छ ।









-1768897962219.jpg&w=3840&q=75)


-1769167052323.jpeg&w=3840&q=75)

-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)