एजेन्सी । भारतीय क्रिकेटर रोबिन उथप्पाले इण्डियन प्रिमियर लिग (आईपीएल) मा गौतम गम्भीर सर्वाधिक सफल कप्तान भएको बताएका छन् ।
कोलकत्ता नाइट राइडर्सका पूर्व खेलाडी उथप्पाले कोलकत्ताका पूर्व कप्तान गम्भीर आईपीएलको सफल कप्तान भएको बताएका हुन् ।
स्टार स्पोर्ट्सको एक कार्यक्रममा बोल्दै उथप्पाले टिममा गम्भीरले सबैलाई स्वतन्त्रा दिने भएको कारण सफल भएको र खेलाडीले पनि सुरक्षित महसुस गर्ने गरेको समेत बताए ।
'उसले सबैलाई आफ्नो अभिव्यक्ति व्यक्त गर्न दिन्थ्यो । खेलमा कसैलाई हस्तक्षेप गर्दैनथ्यो । समूहमा सुरक्षाको भावना निश्चित गरे । आईपीएल जित्नमा उनको अभिन्न भूमिका छ । जुन सफल कप्तानले गर्छन,' उथप्पाले भने ।
गम्भीर सन् २०१२ मा कोलकत्ताको कप्तान चयन भएका थिए । गम्भीरले आफ्नो कप्तानीमा कोलकत्तालाई दुई पटक आईपीएल उपाधि दिलाएका थिए । गम्भीरले सन् २०१८ मा सबैखाले क्रिकेटबाट सन्यास लिएका थिए ।
यता, आईपीएलमा सफल खेलाडी उथप्पाले कुल १ सय ७७ खेल खेलेका छन् । जसमा ४ हजार ४ सय ११ रन बनाएका छन् ।
मुम्बई इण्डियन्सबाट आईपीएलको सुरुवात गरेका उथप्पाले रोयल च्यालेन्जर्स बैंगलोर र पुने वारिवर्सबाट समेत खेलेका थिए ।