एजेन्सी । वेष्ट इण्डिजले इंग्ल्यान्डविरुद्धको टेष्ट सिरिजका लागि १४ सदस्सीय टिमको घोषणा गरेको छ ।
वेष्ट इण्डिजले जासन होल्डरको कप्तानीमा इंग्ल्यान्ड भ्रमण गर्ने टोलीको घोषणा गरेको हो ।
वेष्ट इण्डिजले इंग्ल्यान्डसँग जुलाई तीन खेलको टेष्ट सिरिज खेल्नेछ ।
टोलीमा कप्तान जासनसहित शाइ होप, अल्जारी जोसेप, जेर्मीने ब्लाकवुड, एनकुर्माह बोनेर, क्रेइग ब्रेथवेट, शम्राह ब्रोक्स, जोन क्याम्पबेल, रोस्टन चेस, राहकिम कोर्नवाल, शान डोरिच, चेमार होल्डर, रेमोन रिफर र केमार रोच रहेका छन् ।
कोरोनाको संक्रमणको डरले शिम्रोन हिटमायर, डरेन ब्राभो र अलराउण्डर किमो पाउलले भने इंग्ल्यान्ड भ्रमण नगर्ने भएका छन् ।
दुई टोलीबीचको पहिलो टेष्ट जुलाई ८ मा साउथह्याम्पटनको द बल मैदानमा सुरु हुनेछ । यस्तो ओल्ड ट्राफोर्डमा हुने दोस्रो टेष्ट जुलाई १६ र तेस्रो खेल जुलाई २४ मा सुरु हुनेछ ।
इंग्ल्यान्ड र वेष्ट इण्डिजबीचको तीन खेलको सिरिज २१ दिनमा सकिने बताईएको छ । बन्द रंगशालामा हुने खेल अघि सम्पूर्ण खेलाडीको कोरोना परिक्षण हुनेछ ।